स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न विद्यार्थी कल्याण परिषद निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।
विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको हो । शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ।
परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।













