लाभांश पारित गर्दै प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न
लाभांश पारित गर्दै प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले संस्थापक र सर्वसाधारण समूहको शेयर अनुपात क्रमश ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यूनियन लाइफ र गुँरास लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा पनि पारित गर्ने कार्यसूची रहेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ८ गते बुक क्लोज गरेको हुदाँ ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।













