२४ श्रावण २०८३, आइतबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त



काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी अनेरास्ववियुका पुर्ब उपाध्यक्ष तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हुन ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना) को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए ।