२४ श्रावण २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै, प्रतिनिधि सभा बैठक १ बजे बस्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत दिदैं छन्। संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । यसअघि दिउँसो ११ बजे बोलाइएको संसद् बैठक २ घण्टा ढिलो सारिएको छ ।

पुस १० नेपालको संविधानको धारा ७६ (२) बमोजिम दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । यो धारा बमोजिम प्रधानमन्त्री नियुक्त हुनेले संविधानको धारा ७६ ९४० बमोजिम संसद ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सोहीबमोजिम नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका दाहालले १६९ जना सांसद्को समर्थनको दाबी प्रस्तुत गर्नुभएको थियो ।