लाभांश पारित गर्दै युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न
लाभांश पारित गर्दै युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारा सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन भएको छ ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र ०।२६ प्रतिशत नगद गरी कूल ५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने कार्य सूची समेत पारित गरेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुष १४ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न छन् ।













