सिद्धार्थ इन्स्योरेन्सका सीईओ बैदवारले बुझे १ करोड ४० लाख तलब भत्ता, अन्य पदाधिकारीको कति ?
सिद्धार्थ इन्स्योरेन्सका सीईओ बैदवारले बुझे १ करोड ४० लाख तलब भत्ता, अन्य पदाधिकारीको कति ?
काठमाडौ. । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) वीरेन्द्र बैदवार क्षेत्रीले तलब भत्ता बापत १ करोड ४० लाख भन्दा बढी रकम बुझेका छन् ।
कम्पनीले सीइओ बैदवारलाई गत आर्थिक वर्ष २०७८।०७९ को पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ करोड ४० लाख ५६ हजार ८०२ रुपैयाँ प्रदान गरेको हो । साथै, अन्य पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधा वापत २ करोड ९५ लाख २१ हजार ९०८ रुपैयाँ प्रदान गरेको हो ।
त्यस्तै, संचालहरुलाई बैठक भत्ता बापतको रकम प्रदान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ मा संचालकहरुलाई संचालक समितिको बैठक भत्ता वापत १३ लाख ५० हजार तथा अन्य समितिको बैठकल भत्ता बापत १५ लाख १४ हजार भुक्तानी गरीएको छ ।













