६८ जना बोकेर पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त
काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको बताएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
क्षमता ७२ रहेको ६८ जना यात्रु लिएर काठमाडौंमा गएको यती एयरलाइन्सले बताएको छ । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् । पोखरा उपमहानगरपालिका मेयर धनराज आचार्यले कोनि बाच्न नसक्ने अवस्था रहेको बताए ।















