प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनाग्रस्त भए लगत्तै मन्त्री परिषद् बैठक बलाएका छन् । प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।













