२४ श्रावण २०८३, आइतबार

पोखरा विमान दुर्घटनाः अस्पताल लगिएका ३६ जना कै मृत्यु घोषणा



काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल लगिएको सबै ३६ जनाको मृत्यु भएको छ ।

उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए । सवार यात्रु मध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेको उनको भनाइ छ । त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।