११ श्रावण २०८३, सोमबार

यूनियन लाइफको लाभांश संशोधन, बोनस बढ्यो

यूनियन लाइफको लाभांश संशोधन, बोनस बढ्यो



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर परिमार्जन गरेको छ ।

कम्पनीको पुष १२ गतेको संचालक समितिको बैठकले २०७७।०७८ को मुनाफा अनुसार चुक्तापूँजीको ८.६५ प्रतिशत बोनस र ०.४५५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको गरेको थियो । स्वीकृतका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीले पुष २६ गते बोनस परिमार्जन सहित स्वीकृत गरेको हो ।

कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको ८.९७ प्रतिशत बोनस दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश पाउन कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ ।