सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं । पुष्प कमल दाहाल प्रचन्डको सरकारले आज मन्त्रीपरिषद् विस्तार गरेको छ । मन्त्री परिषद् विस्तारसँगै संसद सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
माघ ५ गते हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले बुधबार (माघ ४ गते) दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने सचिवालयले जनाएको छ ।














