नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?
नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको सेयर सूचीकृत गरेको छ । बिहिबार सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात बनेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नामबाट धितोपत्रको सूचिकृत गरेको हो । कम्पनीको सेयर अंकित मूल्य १०० रुपैयाँको दरले २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज ३६७ रुपैयाँ ५० पैसा तोकेको छ ।
नेप्सेले कम्पनीको सेयरलाई “एसजिआईसी” संकेत दिएको छ ।














