नेसनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
नेसनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आज (माघ ६ गते) देखि आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
कम्पनीले नेसनलको २ लाख १ हजार ८ सय २० कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमा लगानीकर्ताले न्यूनतम मूल्य ३५० तोकिएको छ । आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवश्यक कागजात संकलन गरी माघ १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।













