११ श्रावण २०८३, सोमबार

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर प्रस्ताव स्वीकृतिका क्रममा नेपाल बीमा प्राधिकरणको निर्देशनमा लाभांश संशोधन गरेको कम्पनीले जनाएको छ ।

अब कम्पनीले सेयरधनीहरुलाई ६.९९ प्रतिशत बोनस र ०.३६७९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्नेछ ।