लाभांश पारितका लागि कहिले बस्दैं छ नेको इन्स्योरेन्सको साधारण सभा ?
लाभांश पारितका लागि कहिले बस्दैं छ नेको इन्स्योरेन्सको साधारण सभा ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो २७औं वार्षिक साधारण सभा आइतबार अर्थात माघ १५ गतेका लागि बोलाएको छ । पुष २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ०।७९ प्रतिशत नगद ९कर प्रयोजन० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरेको हुदाँ माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।













