११ श्रावण २०८३, सोमबार

सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज, के के छन् एजेण्डा ?

सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज, के के छन् एजेण्डा ?



काठमाडौं । २ बीमा कम्पनीको वार्षिक साधारण सभा आइतबार अर्थात माघ १५ गते बस्दैं छ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सभा आइतबारका लागि बोलाएको हो ।

सिटिजन लाइफले पाँचौ वार्षिक साधारण सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा साँझ ५ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पारित गर्ने छ । साथै सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो २७औं वार्षिक साधारण सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ०।७९ प्रतिशत नगद (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्ने छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरेको हुदाँ माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।