सिनर्जी पावर डेभलपमेन्टले हकप्रद सेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले
विद्युत नियमन आयोगबाट स्वीकृत समेत पाइसकेको हो।
कम्पनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्ने छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ ।
सभाबााट पारित गरी सके पछि मात्र नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको छ ।













