एलआइसी नेपालले २ अर्ब ३४ करोडको हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एलआइसी नेपालले २ अर्ब ३४ करोडको हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति शेयर १०० रुपैयाँ दरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयरको हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्