आर्दश लघुवित्तले २० प्रतिशत बोनस दिने, नगद लाभांश कति ?
काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित भएपश्चात वितरण हुनेछ ।













