२५ श्रावण २०८३, सोमबार

कुष्मा पर्वत तिन दिनको लागि बन्द



द क्लिफ नेपाल (कुष्मा पर्वत) कम्पनि तिन दिनको लागि बन्द हुने भएको छ ।

आफ्नो कर्मचारिहरुको लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजनना गरेको हुनाले २३ गते देखि २५ गते सम्मको लागि एड्भेन्चर र रिसोर्टका सबै सेवाहरु बन्द हुने कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् ।

७० जाना भन्दा बढी जनशक्ति आवद्ध रहेको कम्पनीले पर्वतको कुष्मामा जीपलाईन,बन्जी,स्काई साइक्लिङ,स्काई क्याफे लगायतका सााहसिक गतिविधिहरु कार्कीको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

तिन दिनको लागि बन्द भएको कुष्मा पर्वत २६ गते देखि पूर्ण रुपमा सञ्चालन हुने कार्कीले बताएका छन् ।