प्रिमियर इन्स्योरेन्सले कमायो साढे १५ करोड बढी नाफा, अन्य सूचक कस्ता ?
प्रिमियर इन्स्योरेन्सले कमायो साढे १५ करोड बढी नाफा, अन्य सूचक कस्ता ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ महिनामा साढे १५ करोड बढी खुद नाफा कमाएको छ ।कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीले सो अवधिमा १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा भने ०.३४ प्रतिशतले मात्र बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीको खुद बीमा शुल्क ४२ करोड ५० लाख ६३ हजार रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन १ अर्ब ७ करोड ३२ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।
सो अवधिमा कम्पनीले कुल १ अर्ब ८८ करोड ३९ लाख ८७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा गरेको दावी भुक्तानीको संख्या भने ३ हजार ३५४ रहेको छ । यस्तै, सो अवधिमा भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब ३० करोड २ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
सो अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट ११ करोड ३१ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुुँजी १ अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ३० करोड ८ लाख १४ हजार रुपैयाँ राखेको छ । कम्पनीको बीमा कोषको आकार भने १९.२२ प्रतिशतले वृद्धि भई १ अर्ब ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ भने २०४ रुपैयाँ २३ पैसा रहेको छ ।













