१० श्रावण २०८३, आइतबार

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि, के के छन् एजेण्डा

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि, के के छन् एजेण्डा



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा भोलि (माघ २६ गते) बस्दैंछ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव थरेको ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको शेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ । हाल कम्पनीको शेयर अनुपात ७०ः३० रहेको छ ।

साथै सभाले गुराँस र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्ने पनि सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गरेको हुदाँ माघ १५ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।