द ब्रिटिस कलेजमा बास्केटबल टोर्नामेन्ट आयोजना
काठमाडौं। द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ।
बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ । टिबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुने छ।
ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कारको व्यावस्था रहेको छ।
ब्रिटिस कलेजको बास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा हुनेछ । उक्त प्रतिस्पर्धामा स्नातक अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका
विद्यार्थीले भने खेल्न पाउने छैनन्।
बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ। त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ। थप जानकारीका लागि कवि चन्द्र राईलाई [email protected].मा सम्पर्क गर्न सकिने छ।













