१० श्रावण २०८३, आइतबार

४७.६४ प्रतिशले बढ्यो नेपाल इन्स्योरेन्सको खुद नाफा, यस्तो छ वित्तीय अवस्था

४७.६४ प्रतिशले बढ्यो नेपाल इन्स्योरेन्सको खुद नाफा, यस्तो छ वित्तीय अवस्था



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालुल आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको पुस महिनामा कम्पनीले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ४७.६४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ९.९९ प्रतिशतले घटेर ३९ करोड १९ लाख ६० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४३ करोड ५५ लाख रुपैयाँ खुद बीमा संकलन गरेको थियो । कम्पनीले पनुर्बीमा कमिशनबाट ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको छ।

सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने ७९ करोड ३६ लाख ३० हजार रुपैयाँ रहेको छ । चालु आवको पुस मसान्तसम्ममा ८७ हजार ९४२ बीमालेख जारी भएको थियो । तर, नविकरण भएको बीमालेखको संख्या भने ९ हजार ६५४ रहेको छ।

विवरण अनुसार कम्पनीले सो अवधिमा १९ करोड ६७ लाख ६७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कुल दावी भुक्तानीको संख्या भने २ हजार २४० रहेको छ ।

यस्तै, भुक्तानी हुन् बाँकी दावी रकम भने ९८ करोड ८५ लाख १२ हजार रुपैयाँ रहेको छ। सो अवधिमा भुक्तानी हुन् वाकी दावी संख्या ४ हजार ५८७ रहेको छ । भुक्तानी हुन् बाँकी कुल दावी रकम कोरोना दावी २३ करोड ७१ करोड रुपैयाँ समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४७ करोड ७७ लाख ८१ हजार रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीको बीमा कोषको आकार ३३.८७ प्रतिशतले बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।