१० श्रावण २०८३, आइतबार

दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीका लाभांश सुरक्षित गर्ने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ । लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सले साधारण सभा प्रयोजन र लाभांश प्रस्तावका लागि माघ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभाश पाउनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको आधारमा ६।९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ उक्त प्रस्ताव पारितका लागि कम्पनीले १८औं वार्षिक साधारण सभा फागुन ११ गतेका लागि बोलाएको छ । कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको छ । साथै, सगरमाथा इन्स्योरेन्ससँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । सभाले मर्जर सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्ने सभको कार्यसूचीमा समावेश रहेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १२।४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २६औं वार्षिक साधारण सभा फागुन ११ गतेका लागिका लागि बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले लु्म्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीले नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयर मध्ये २० प्रतिशत शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।