३५.३८ प्रतिशतले बढ्यो महालक्ष्मी लाइफको नाफा, यस्तो देखियो वित्तीय प्रगति
३५.३८ प्रतिशतले बढ्यो महालक्ष्मी लाइफको नाफा, यस्तो देखियो वित्तीय प्रगति
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सवा ७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको ६ महिनामा कम्पनीले ७ करोड १८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ३५.३८ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा ५ करोड ३० लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो।
सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७३ करोड ७७ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले बीमालेखको धितोमा कर्जाबाट १ करोड १६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै, सो अवधिमा कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन भने ४ अर्ब ६३ करोड ६ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ४५ हजार ५२६ र जारी बीमालेखको संख्या २ हजार १९५ देखिएको छ ।
चालु आवको पुुस मसान्तसम्ममा कम्पनीले १० करोड ८१ लाख ६५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो संख्यामा भने ९७८ रहेको छ ।
विवरण अनुसार सो अवधिमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम २५ लाख ६३ हजार रुपैयाँ रहेको छ । यो संख्यामा १२१ मात्र देखिएको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३२ करोड ५९ लाख ३९ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको जीवन बीम कोषमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ७४ लाख ४४ हजार रुपैयाँ राखेको छ ।













