रिलायबल नेपाल लाइफले कमायो २२ करोड बढी नाफा, कस्ता छन् मुख्य सूचकहरु ?
रिलायबल नेपाल लाइफले कमायो २२ करोड बढी नाफा, कस्ता छन् मुख्य सूचकहरु ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्य कम्पनीले २२ करोड बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले बिहीवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा २२ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २१.९० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड ५ लाख ११ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ७२ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमालेख धितोमा कर्जाबाट २४ लाख ६३ हजार रुपैयाँ आम्दनी गरेको छ ।
चालु आवको ६ महिनामा कम्पनीको कुल दावी भुक्तानी ५७ करोड ५ लाख ७४ हजार रुपैयाँ रहेको छ । यो संख्यामा भने २ हजार १४३ देखिएको छ। सो अवधिमा कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने छैन ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेको छ ।













