१० श्रावण २०८३, आइतबार

यूनियन लाइफको साधारण सभाले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव

यूनियन लाइफको साधारण सभाले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ५औं वार्षिक साधारण सम्पन्न भएको छ । टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहीवार सम्पन्न सभाले प्रस्तावित लाभांश र मर्जर प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सभाले ८.९७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले गुराँस र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गरेको छ । यस्तै, सभामा कम्पनी ऐनको दफा १०५ को एक (ग) बमोजिम आर्थिक वर्ष २०७७/७८ मा भएको खर्चको अनुमोदन, संचालक समितिको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन एजेण्डा छलफल गरि पारित गरेको छ ।