२५ श्रावण २०८३, सोमबार

नाडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हाईटेक एडभान्स,सिपियु तथा अन्य सामाग्री हस्तान्तरण



काठमाडौं।नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले (नाडा)काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

नाडाले उपत्यकाको ट्राफिक कार्यलयलाई ट्राफीक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स,सिपियु तथा त्यससंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको हो। यसका साथै नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि प्रदान गरको छ।

सो सामाग्रीहरु नाडाका अध्यक्ष धु्रब थापाले ट्राफिक कार्यालय प्रमुख मिरा चौधरीलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण पछि नाडा अध्यक्ष थापाले सामाजिक उत्तरदायित्व अन्तर्गतराजधानीको ट्राफीक व्यवस्थापनका लागि सहयोग गरेको बताए ।

नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगत देखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको छ । त्यसै क्रममा कार्यालयका प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन्।

उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो।