२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत पाउन कठिन



काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् ।

तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैछन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने भएपछि उनी अल्पमतमा छन्। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। रावल दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्दा उनलाई २९ सांसदको समर्थन थियो। एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले रावललाई समर्थन गरेका थिए।

अहिले एमालेका १०, माओवादीका सभामुख बाहेक १० र राप्रपाका १ गरी २१ सांसदको मात्रै रावललाई पूर्ण समर्थन छ। विश्वासको मत सिद्ध गर्नका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।