१० श्रावण २०८३, आइतबार

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस बापतको ६० लाख ५२ हजार ७३७.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।