२५ श्रावण २०८३, सोमबार

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त



काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल भलिबल संघ एनभीए अनुसार अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनलाई राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त गरेको हो ।

‘बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएका छन् । जान ब्रान्टले आफूले यसअघि नेपाल भ्रमणा गरिसकेको भन्दै प्रशिक्षक बनेर नेपाल आउन उत्साहित रहेको बताए ।