१० श्रावण २०८३, आइतबार

एलआईसी नेपालले गर्यो यति एयरलाईन्स दुर्घटनाका बीमितलाई मृत्यु दावी भुक्तानी

एलआईसी नेपालले गर्यो यति एयरलाईन्स दुर्घटनाका बीमितलाई मृत्यु दावी भुक्तानी



काठमाडौं । यति एयरलाईन्सले पोखारामा दुर्घटनामा परि मृत्यू भएका मृतकका परिवारलाई बीमा दावी भुक्तानी गरेको छ ।

एलआइसी नेपालले पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी मृत्यू भएका मृतकको परिवारलाई दाबी करिब ४१ लाख भुक्तानी दिएको हो ।

कम्पनीमा आयोजित एक कार्यक्रममा कम्पनीको नायब कार्यकारी प्रमुख टी. वर्णवालले परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति यरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका चारसहित ७२ यात्रुहरुको मृत्यु भएको थियो ।

मृतकहरू मध्ये डा. गणेश थापा, अनिल शाही र लक्ष्मी पौडेलले एल आइसी नेपालको बीमा योजना खरिद गरेका थिए । जहरूको मृत्युपछि नै दावी भुक्तानीमा अग्रसरता देखाई निजहरुको आफन्तजनलाई प्रक्रिया पु¥याई दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

सो दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने बताए ।

एलआइसी नेपाल सदैव बीमितिको हकहित प्रति प्रतिबद्द रहेको र दावी भुक्तानी प्रकियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रति भरोसा वृद्धि गर्न कुनै कसर बाँकी नराखिने उनको भनाई थियो ।