नाडेप लघुवित्तको लाभांश वितरण गर्न नपाउने, राष्ट्र बैंकले यसकारण लगायो प्रतिबन्ध
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको लाभांश रद्द भएको छ । कम्पनीको लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो ।
कम्पनीले डिप्रोक्स लघुवित्त वित्तीय संंस्थासंगको प्राप्तिसंग सम्झौताको शर्त बमोजिम कार्य सम्पन हुन नसकि सैद्धान्तिमक सहमति वदर भई अर्को कुनै वित्तीय संस्थासंग मर्जरमा नभएसम्मका लागि लाभांश वितरणमा रोक लगाएको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीले पेश गरेको सूचना अनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने प्रस्तावित लाभांश माघ २९ गते ३ बसेको नाडेप संचालक समितिको बैठकले रद्द गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।














