सुनको मूल्य घट्यो,कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६ सय रुपैयाँ रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ रहेको जानाकारी दिएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार रहेको थियो ।
साथै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ सयले घटेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।













