२६ श्रावण २०८३, मंगलबार

भूकम्पबाट टर्कीमा अहिलेसम्म ४१ हजारको मृत्यु



काठमाडौं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । दशौँ हजार घाइते भएका छन् भने देशमा हजारौँ घरबारविहीन भएका छन्।

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीमा ३५ हजार चार सय १८ जना तथा सिरियामा ५ हजार ८ सयको मृत्यु भएको छ।

टर्कीमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ। सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन्। टर्कीमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ। टर्कीमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन्।