प्रोटिन दिवस २०२३ ‘राइट टु प्रोटिन’को यस वर्षको नारा ‘सबैका लागि प्रोटिनमा सहज पहुँच’
‘
काठमाडौं । फेब्रुअरी २७ मा वार्षिक प्रोटिन दिवसको अवसर पारेर ‘राइट टु प्रोटिन’, नेपालको पहिलो प्रोटिन जागरूकता अभियान सुरु गर्दै २०२३ का लागि ‘सबैका लागि प्रोटिनमा सहज पहुँच’ नाराको रूपमा घोषणा गरेको छ । आफ्नो चौथो वर्षमा, प्रोटिनयुक्त खानेकुरामा पहुँच अत्यावश्यक रहेको तथा प्रोटिनयुक्त पोषण र स्वास्थ्यमा यसको महत्वबारे थप जानकारी सर्वसाधारलाई दिनु नै यसको उद्देश्य रहेको छ ।
दक्षिण एसियामा करिब दुई अर्ब जनसंख्या भएकोले यस क्षेत्रका धेरै भागहरूमा खाद्य स्फीति र संकटलाई रोक्न रणनीतिक रुपमा तत्काल कदम चाल्न आवश्यक छ । यसलाई ध्यानमा राख्दै, ‘सबैका लागि प्रोटिनमा सहज पहुँच’को विषयवस्तुले दैनिक आहारमा समावेश गर्न सकिने सुलभ प्रोटिनका खाद्य स्रोतहरू बारे नागरिकहरूलाई जानकारी गराउन संवाद गर्ने तथा त्यसका समाधानहरू उजागर गर्दै ‘पोषण सुरक्षा’लाई वास्तविकता बनाउने प्रयासहरू अगाडि बढाउने लक्ष्य यसले राखेको छ ।
‘राइट टु प्रोटिन’का पहलकर्ता तथा समर्थक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष रविन पुरीले भने, ‘कुपोषणको निरन्तरताले नेपालमा यो बोझका रुपमा संकेत गर्छ। यस समस्यालाई सम्बोधन गर्न सार्वजनिक स्वास्थ्य पहलका योजना बनाउनु आवश्यक छ । साथै प्रोटिन दिवस २०२३ ले निश्चित रूपमा हामीलाई त्यसतर्फ एक कदम अगाडि बढ्न मद्दत गर्दछ । प्रोटिनयुक्त खाद्य विकल्पहरूमा सहज पहुँच हुनु आवश्यकता हो विलासिता होइन । त्यसैले, प्रोटिन दिवसमा हामी उद्योग भित्रका विभिन्न क्षेत्रका सरोकारवालाहरूले एकीकृत रुपमा पोषणको कमीलाई सम्बोधन गर्न मद्दत गर्न अनुरोध गर्दछौं । साथै उज्जवल भविष्यका लागि उच्च गुणस्तरीय प्रोटिन स्रोतहरूमा पहुँच बढाउने तरिकाहरू अवलम्बन गर्न आग्रह गर्दछौं ।’
‘यस वर्षको प्रोटिन दिवसको नाराका साथ, हामी सबैलाई संवाद, कार्यक्रम तथा गतिविधिहरूमा भाग लिन प्रोत्साहित गर्छौं । यसले दक्षिण एसियाली देशहरूमा पहुँचयोग्य धेरै प्रोटिनका स्रोतहरू बारे सचेतना फैलाउन मद्दत गर्छ। नागरिकहरूलाई प्रोटिनको आवश्यकता र प्रोटिनका धेरै स्रोतहरूको उपलब्धता बारे बढी सचेत बनाउन हामी सबैको भूमिका छ भन्नेमा विश्वस्त छौं । हामी सबै पोषण सुरक्षाको लक्ष्य हासिल गर्न सामूहिक रूपमा काम गर्न, हाम्रो आहारमा प्रोटिनका विकल्पहरू थप्ने छलफल गर्न उत्प्रेरित गर्न चाहन्छौं,’ यूएस सोया एसएएएसएसए, यूएस सोयाबीन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) तथा राइट टु प्रोटिनको समर्थक तथा मार्केटिङ प्रमुख दीबा गियानोलिसले भने ।
राइट टु प्रोटिनले नेपाललाई प्रोटिनयुक्त देश बनाउन पोषणविद्, खाद्य उद्योग विशेषज्ञ, सेफ, खाद्य उद्योग र समान विचारधारा भएका नागरिक तथा समर्थकहरूसँग प्रोटिन दिवस २०२३ मनाउने तयारी थालेको छ । हामी सबैलाई २७ फेब्रुअरी २०२३ मा ३प्रोटिनदिवस मनाउन र ुसबैका लागि प्रोटिनमा सहज पहुँचुलाई प्रवद्र्धन गर्न हामीसँग सामेल हुन आग्रह गर्दछौं ।
प्रोटीनको अधिकारको बारेमा ः ‘राइट टु प्रोटीन’ नेपालीलाई खानामा प्रोटिनको महत्व बुझाउनका लागि सुरु गरिएको नेपालको पहल हो । यो राम्रो पोषण, स्वास्थ्य र कल्याणको लागि पर्याप्त प्रोटिन खपतको महत्व बारे मानिसहरूलाई शिक्षित गर्ने एक पहल हो । ३च्ष्नजतत्यएचयतभष्ल पहलले प्रोटिनका विभिन्न स्रोतहरुका बारेमा मानिसमा सचेतना पुग्ने लक्ष्यहरू राखेको छ । ‘राइट टु प्रोटिन’ले प्रोटिन जागरूकता र प्रोटिनको बारेमा रहेका भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्दै मानव स्वास्थ्यका महत्वपूर्ण म्याक्रो–पोषकको रूपमा रहेको प्रोटिनको खपतलाई बढाउन सहयोग गर्ने छ । यस पहलले वनस्पतीय र पशु प्रोटिनको उत्पादन र उपभोगको गुणस्तर र एकरूपतामा सुधार गर्ने लक्ष्य राखेको छ ।
‘राइट टु प्रोटिन’ पहललाई विश्वभरका विभिन्न विचारधाराका व्यक्तिहरू, शिक्षाविद्हरू, संस्थाहरू र विभिन्न क्षेत्रका अगुवाले समर्थन गरेका छन् । यो पहललाई ज्ञान, प्राविधिक सहयोग वा प्रवद्र्धन साझेदारको रूपमा उपलब्ध गराउने लगायत कुनै पनि क्षमतामा सामेल हुन वा योगदान गर्न चाहनेहरूका लागि खुला छ ।












