कृषि विकास बैंककाे सीइओकाे लागि ५ जना छनाेट, कसले मार्ला बाजी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कृषि विकास बैंककाे सीइओकाे लागि ५ जना छनाेट, कसले मार्ला बाजी ?



काठमाडाैं । कृषि विकास बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ५ जना छनाेट भएका छन् । बिहीबार साँझ बसेकाे बैंक संचालक समिति बैठकले आवेदन दिएका २२ जनामध्येबाट ५ जनाकाे नाम छनाेट भएकाे हाे ।

सीइओमा आवेदक मध्ये बैंकबाटै निमित्त सीइओ रहेका प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्याैपाने सहित सिभिल बैंकका पुर्व सीईओ गाेविन्द गुरूङ, राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई र विष्णुदेव यादव छनाेटमा परेका छन् । यादव नेपाल एसबिआई बैंककाे डिसीईओ हुन् ।

कृषि विकास बैकले १ महिना अघि सीइओकाे लागी दरखास्त आह्वान गरेकाे थियाे । आवेदक २२ जनामध्येबाट ५ जनाकाे नाम छनाेट भएकाे हाे । अर्थ मन्त्रालयबाट बैंकमा प्रतिनिधित्व गर्ने संचालक सुमन दाहालकाे संयाेजकत्वमा गठित सीईओ छनाेट तथा सिफारिस समितिले छनाेटमा परेकाे ५ जनालाई आफ्नाे प्रश्तुतीकाे लागी भाेली फागुन ६ गते ताेकेकाे छ ।

छनाेटमा परेका उम्मेदवारहरूकाे व्यावसायीक प्रश्ताव प्रश्तुतिकरण पछि ३ जनाकाे नाम छनाेट समितिले संचालक समितिसमक्ष पेश गर्नेछ । व्यावसायीक प्रश्तुतिकरणकाे आधारमा सिइओ छनाेट हुनेछ । छनाेटमा परेका ५ जनामध्ये कसले बाजी मार्ला हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्