२६ श्रावण २०८३, मंगलबार

राप्ती हाईड्रोका लगानीकर्ता मालामाल, आज कति बढ्यो सेयर मूल्य ?



काठमाडौं । साताको पहिलो कारोबार दिन राप्ती हाईड्रो एण्ड जनरलको सेयर मूल्यमा उछाल आएको छ ।

सोमबार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सो दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३४रुपैयाँ २० पैसाले बढेको छ । योसँगै कम्पनीको सेयर मूल्य ३७६ रुपैयाँ २० पैसा कायम भएको छ ।

सो दिन दोर्दी खोला हाईड्रो पावर कम्पनीको सेयर मूल्य ४.१७ प्रतिशत,एनएमबी हाईव्रिड फण्डको ३.९६ प्रतिशतले बढेको छ ।