लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा भोलि (फागुन ११ गते) का लागि बोलाएको छ । कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको आधारमा ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको छ । साथै, सगरमाथा इन्स्योरेन्ससँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । सभाले मर्जर सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्ने सभको कार्यसूचीमा समावेश रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रस्तावका लागि माघ २७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभाश पाउनेछन् ।













