आज देखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
काठमाडौं। आज फागुन ११ गते देखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सरकारले सुरु गर्दैछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा अभियान सुरु हुनेछ ।
हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । कुनै पनि लक्षण नदेखिए पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले यस्तो अभियान सरकारले चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।













