२६ श्रावण २०८३, मंगलबार

त्रिविमा शुक्रबार शोक बिदा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।

त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै त्रिविले फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो।