१० श्रावण २०८३, आइतबार

लुम्बिनी जनरलले पारित गर्यो मर्जर प्रस्ताव र ६.९९ प्रतिशत बोनस सेयर

लुम्बिनी जनरलले पारित गर्यो मर्जर प्रस्ताव र ६.९९ प्रतिशत बोनस सेयर



काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले सम्पन्न भएको छ । सो सभाले ६.९९ प्रतिशले बोनस सेयर र ०.३६७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जरमा जाने प्रस्ताव पनि पारित गरेको छ । लम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स मर्जरमा जाने भएका हुन् । मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड बन्ने छ ।

दुई कम्पनीको सेयर आदानप्रदान अनुपात १००ः८० हुने गरी स्वाप रेसियो कायम रहने छ । विस्तृत लेखापरीक्षण बापतको पारिश्रमिक पनि सभाले अनुमोदन गरेको छ ।

दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।