प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित
प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित
काठमाडौं। फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन प्रभु लाईफ इन्स्योरेन्स चितवन सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड विभिन्न कार्यक्रमको साथ सम्पन्न गरेको छ । कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रभु लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकेको बताए । उनले सबैको मिहेनतले नै सफलता प्राप्त गरी एमडिआरटी विजेता उत्सव मनाउन पाएको बताएका छन् ।
एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका छन् । उक्त, कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु पनि भएको थियो ।
उक्त, कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।













