७ श्रावण २०८३, बिहिबार

हकप्रद सेयर जारी गर्दै बलेफी हाइड्रोपावर



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः०।५ अनुपातमा (एक सेयर बराबर आधा अनुपात) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको (३६ मेगावाट)को गत जेठ १० गतेदेखि सेयर कारोबारमा रहेकोमा कम्पनीको बैंक कर्जा चुक्ता गर्ने उद्देश्यले हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

सो प्रस्तावका लागि कम्पनीको आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्