२७ श्रावण २०८३, बुधबार

सिंहदरबारभित्रकै क्यान्टिनमा भेटियो अखाद्य वस्तु



काठमाडौं । सिंहदरवार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन १४ गते आकस्मिक अनुगमन गरेको छ ।

विभागको बजार निरिक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खान योग्य अवधी सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलावा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने ूकञ्चन चमेना गृहू र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिवाना समेत गरिएको छ ।