१० श्रावण २०८३, आइतबार

शिखर इन्स्योरेन्सको ‘सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ कार्यक्रम

शिखर इन्स्योरेन्सको ‘सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ कार्यक्रम



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण“ सम्बन्धमा सर्भेयरहरूका लागि मिटिङ्ग आयोजना गरेको छ ।

कम्पनीले आफ्ना सर्भेयरहरुका लागि “सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण“ शीर्षकमा मिटिङ्ग सफलतापूर्वक सम्पन्न गरेको छ । मिटिङ्ग फागुन १२ गते दिउँसो १ः०० देखि २ः३० बजेसम्म अनलाइन प्लेटफर्म जुम मार्फत सम्पन्न भएको थियो ।

मिटिङ्गको उद्देश्य सम्पत्ति शूद्धीकरण गर्ने र आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण र यसले देश जनतालाइ कसरी फाइदा गर्छ भन्ने विषयमा छलफल भएको थियो। मिटिङ्गमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सर्भेयरहरुको सहभागिता रहेको थियो ।

कम्पनीका शीर्ष कार्यकारीहरूको अध्यक्षतामा भएको मिटिङ्गमा उहाँहरूले विषयवस्तुमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेका थिए । सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए र विषयसँग सम्बन्धित धेरै महत्त्वपूर्ण प्रश्नहरू उठाए थिए ।

सो मिटिङ्गले सम्पत्ति शूद्धीकरण तथा आतड्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका मुद्दाहरूको बारेमा सर्भेयरहरूलाई चेतना जगाउन मद्दत पुग्ने कम्पनीको विश्वास लिएको छ ।

उक्त तालिममा निम्न बमोजिमका विषयहरू माथि छलफल गरिएको थीयो। सम्पति सुद्धिकरण के हो ? सम्पति सुद्धिकरण कसरी गरीन्छ ? सम्पति सुद्धिकरण को चक्र, सम्पति सुद्धिकरण किन गर्नुपर्छ ? बीमा क्षेत्रमा सम्पति सुधिकरंणको महत्व के हो ? कानुनी रुपरेखा , सम्पति सुधिकरंको लागि बीमकहरुले पालन गर्नुपर्ने काम र कर्तव्यहरू, सम्पति सुधिकरंमा सर्भेयरहरुको भूमिका आदि रहेको थीयो ।

शिखर इन्स्योरेन्स आफ्ना सर्भेयरहरुलाई सचेत गराउन भविष्यमा पनि यस्ता जानकारीमूलक मिटिङ्गहरु आयोजना गर्न प्रतिबद्ध रहेको छ ।