४२ प्रतिशतले घट्यो बीमितको स्वास्थ्य परिक्षण खर्च, कुन कम्पनीले कति खर्चिए ?
४२ प्रतिशतले घट्यो बीमितको स्वास्थ्य परिक्षण खर्च, कुन कम्पनीले कति खर्चिए ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा ३ करोड २३ लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छन् ।
संचालनमा रहेका १७ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।०८० को छ महिनामा बीमितको स्वास्थ्य परिक्षणका लागि ३ करोड २३ लाख ८७ हजार रुपैयाँ खर्च गरेका हुन् ।
जीवन बीमा ब्यवसाय गर्ने कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिर्पोटले यस्तो देखाएको हो । कनै पनि बीमितले जीवन बीमा गर्न अगावैं स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था रहेको छ ।
जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क गत आर्थिक वर्षको तुलनामा भने ४२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा ५ करोड ६७ लाख ३३ हजार रुपैयाँ खर्चिएका थिए ।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा मेट लाइफको स्वस्थ्य परिक्षण शुल्क बढाएको छ भने अन्य १६ बीमा कम्पनीले उक्त शुल्क घटेको हो ।
पुष समान्तसम्मको अवधिमा मेट लाइफले स्वास्थ्य परिक्षण शूल्क ९ प्रतिशतले बढाएर ८ लाख ९० हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सो शूल्क ८ लाख २० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तैगरी, समिक्षा अवधिमा बीमितको स्वास्थ्य परिक्षणका लागि सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सले खर्चिएको छ । सो अवधिमा कम्पनीले बीमितको स्वास्थ्य परिक्षणमा ६२ लाख २७ हजार रुपैयाँ खर्च गरेको हो । गत पर्षको सोही अवधिमा कम्पनीले८५ लाख ९४ हजार रुपैयाँ खर्च गरेको थियो ।
दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सले ४९ लाख ३० हजार रुपैयाँ बीमितको स्वास्थ्य परिक्षणका लागि खर्च गरेको छ । जन गत आर्थिम वर्षको तुलनामा २३ प्रतिशतले कमी हो । गत आर्थिक वर्ष भने कम्पनीले ६३ लाख ६७ हजार रुपैयाँ खर्चिएको थियो ।
त्यस्तै, स्वस्थ्य परिक्षण शुल्कमा एलआईसी नेपालको २६प्रतिशतले घटेर ३३ लाख २ हजार रुपैयाँ, सिटिजन्स लाइफको ६७ प्रतिशतले घटेर २६ लाख ७७ हजार रुपैयाँ, रिलाइबल नेपाल लाइफको २२ प्रतिशतले घटेर ३३ लाख ९७ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ४५ प्रतिशतले घटेर १४ लाख ६० हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ३१ प्रतिशतले घटेर १४ लाख २३ हजार रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको २५ प्रतिशतले घटेर १३ लाख ६१ हजार रुपैयाँ खर्चिएका हुन् ।
साथै, आइएमई लाइफ इन्स्योरेन्सको ५६ प्रतिशतले घटेर ११ लाख ५७ हजार रुपैयाँ, एशियन लाइफको ६३ प्रतिशतले घटेर १३ लाख ८८ हजार रुपैयाँ, प्रभु लाइफको ६१ प्रतिशतले घटेर ९ लाख ८ हजार रुपैयाँ, सन नेपाल लाइफको ६० प्रतिशतले घटेर ८ लाख ८ हजार रुपैयाँ, रिलायन्स लाइफको ७३ प्रतिशतले घटेर ५ लाख ९५ हजार रुपैयाँ, सानिमा लाइफको ७१ प्रतिशतले घटेर ४ लाख ७८ हजार रुपैयाँ, गुराँस लाइफको ५७ प्रतिशतले घटेर ५ लाख ३१ हजार रुपैयाँ र महालक्ष्मी लाइफको ५० प्रतिशतले घटेर ८ लाख ५५ हजार रुपैयाँ खर्चिका छन् ।














