तीन कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अकंले घटेको छ । मगलबार नेप्से ३.८१ अकंले घटेर २०१९.७३ बिन्दुमा बन्द भएको हो ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँको कारोबार भएको हो ।
मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज आधिखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको ६.४१ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ५.७६ प्रतिशतले सेयर मूल्य बढेको हो ।














