८ श्रावण २०८३, शुक्रबार

मर्जरमा जान खप्तड र धौलागिरी लघुवित्तबीच अन्तिम सम्झौता



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने अन्तिम टुङ्गो लागेको छ ।

मर्जर जाने सम्बन्धी अन्तिम सम्झौता पत्रमा खप्तड अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

खप्तड लघुवित्तको कार्यक्षेत्र सूदुरपश्चिम र धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो । दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा १८ मंसिरमा हस्ताक्षर भएको थियो । मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुष १७ सैद्धान्तिक सहमति दिएको थियो ।

अन्तिम सम्झौता पत्रमा धौलागिरी लघुवित्त वित्तिय संस्थाले २४–२९ साउनसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्